संस्थाको परिचय:
धनकुटा काठमण्डौ संस्कृतिक समाजको स्थापना २०७८ सालमा काठमण्डौ जिल्ला प्रशासन कार्यालयमा कानुनी रुपमा दर्ता भई, नेपाली मौलिक स्थानिय संस्कार, संस्कृतिक तथा लोपोन्मुख कला, भेषभुषा संस्कृतिक धरोहरहरुको उजागर र सम्बद्र्धन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विस्तार र विकास गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो ।
संस्थाको उद्देश्य:
यस धनकुटा काठमण्डौ संस्कृतिक समाज नाफा रहित जनहितकारी विशुद्द सामाजिक संस्थाको रुपमा स्थापना भएको हो ।
लोपोन्मुख कला तथा लोक संस्कृति, लोक बाजा, संस्कार, संस्कृति, भाषा, भेषभुषा, रहन सहन आदी कुराहरु सँग जोडिने महत्वपूर्ण कुराहरुलाई समाजमा चेतनामुलक कार्यहरुको विकास विस्तार र व्यवस्थापन गर्ने क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्नेे केन्द्र तथा स्थाननिय तह तप्काहरु साथै विभिन्न संघ संस्थाहरु सँग समन्वय गरी देशको विभिन्न गाँउ–ठाँउ टोल र बस्तीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई अवसरबाट बन्चित रही आएकाहरुलाई प्रफुटन गर्नका निम्ति खोलिएको संस्था हो ।
विभिन्न प्रतिभाहरुलाई एउटै डालोमा राख्दै व्यक्ति वा समुदायमा संघ संस्थालाई पनि आवश्यकता अनुसार तालिम, सेमिनार, गोष्ठीका साथै प्रतियोगिता गरिनुका साथै आन्तरिक तथा बहय पर्यटकहरुलाई आफ्नो संस्कार र संस्कृतीद्धारा आकर्षक गर्ने पनि संस्थाको लक्ष्य रहेको हुनाले उक्त कुराहरु पुरा गर्ने अवधारणा यस धनकुटा काठमाडौं संस्कृतिक समाजले राखेको छ र कलाकारहरुको उत्थान संरक्षण, सहयोग र दस्ताबेजहरु पनि राख्दै जाने उद्देश्य राखी सदैब आगाडी बढ्नेछ ।